Connect with us
Kapilvast Forest

रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

बुटवल – अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पु¥याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पु¥याएको छ ।

तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताउनु भयो ।

 

उद्योगमा उत्पादनका लागि तयारी अवस्थामा राखिएका कच्चा पदार्थ ­(प्लास्टिक दाना), उत्पादित सामग्री, मेसिनरी तथा विद्युतीय उपकरण लगायतमा क्षति पुगेको उहाँको भनाइ छ । ‘दुई वटा उद्योगमा करिब १० करोडको क्षति पुगेको अनुमान छ’ साहुले भन्नु भयो । उद्योग परिसर डुबानमा परेकाले उद्योग सञ्चालन हुन केही दिन लाग्ने उहाँले बताउनु भयो ।

सोही कोरिडोरमा रहेका एभरेष्ट रोलिङ इण्डष्ट्रिज, पूजा प्लास्टिक, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योग पनि डुबानमा परेर क्षति भएको छ । एभरेष्ट रोलिङमा डेढ करोड भन्दा बढीको नोक्सानी भएको सञ्चालक अरुण कुमार गोयन्काले बताउनु भयो ।

यस्तै आवास ग्रुपद्वारा तिलोत्तमा–१७ कोटिहवामा सञ्चालित आधा दर्जन उद्योगहरुमा करिब ५ करोड क्षति भएको सञ्चालक महेश थैवको दावी छ । यो ग्रुपबाट सञ्चालित शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, एभरेष्ट फूड एण्ड बेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा क्षति पु¥याएको थैवले बताउनु भयो ।

यस्तै भैरहवा–परासी कोरिडोरका सिद्धी बिनायक एग्रो इण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाइप उद्योगलगायतका आधा दर्जन बढी उद्योगहरुमा पनि लाखौंको क्षति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताउनु भयो ।

‘दुई दर्जन बढी उद्योगहरुमा बाढीले करोडौंको क्षति पु¥याएको प्रारम्भिक विवरण आएको छ’ उहाँले भन्नु भयो , ‘तथ्यांक संकलन गरिरहेका छौं, क्षतिको यकिन विवरण आउन एक दुई दिन लाग्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu