विजयनगरमा सामुहिक दर खाने कार्यक्रम संपन्न
न्युज सेन्टर नेपाल, कपिलवस्तु –कपिलवस्तुको विजय नगर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको आयोजनामा हरितालिका तीजका अवसरमा सामुहिक दर खाने कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा महिलाहरुले नाचगान गर्नुका साथै सामुहिक दर समेत खाएका थिए ।

कार्यक्रममा सहभागी विजय नगर गाएपालिकाका अध्यक्ष गोपाल वहादुर थापाले तीजका अवसरमा शुभकानमना दिदै महिलाहरु आफनो अधिकारकालागि एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले महिलालाई अवसर अधिकार दिनु पर्ने बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विजयनगर गाँउपाकिा स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी ,स्वास्थ्य कर्मी लगायतको सहभागितमा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
