Connect with us
Kapilvast Forest

कपिलवस्तुमा धेरै ठूलो वर्षा, यी नदीमा आउन सक्छ बाढी

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु- पछिल्लो ६ घण्टामा कपिलवस्तुको बाणगङ्गामा धेरै ठूलो पानी परेको छ । यो क्षेत्रमा थप वर्षा हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बाणगङ्गा, गुडुङलगयात स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै, आज नारायणी र यसका सहायक नदी कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायत नदीमा बाढी आउने चेतावनी दिइएको छ।

आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन्  । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu