Connect with us
Kapilvast Forest

ढुंगा खसेर लाग्दा एकको मृत्यु

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

file death

काभ्रे — बीपी राजमार्गअन्तर्गत कटुन्जेमा ढुंगा खसेर लाग्दा घाइते एक जनाको मृत्यु भएको छ । जनकपुरबाट ज८प ७४९० नम्बरको मोटरसाइकलमा आउँदै गरेका महोत्तरी, रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साह माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनु भयो ।मोटरसाइकलमै सवार धनुषा रामानन्द चोकका ३० वर्षीय सतीशकुमार साहको पेट र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu