Connect with us
Kapilvast Forest

लगातारको झरीले आन्तरिक उडान प्रभावित

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु – देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ ।

भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् ।

मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्चालन हुन सक्ने कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो र अस्ति पनि आन्तरिक उडान प्रभावित भएको थियो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने समयमै भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu