Connect with us
Kapilvast Forest

एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुग्यो

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिले प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेकाे र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक गएको शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको उहाँले बताउनुभयो ।अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको शर्माले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu