एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजनी
भोजपुर । भोजपुरमा अज्ञात समूहले मंगलबार राति एक्जाभेटरमा आगजनी गरेका छन् । भोजपुर नगरपालिका १२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समुहले आगजनी गरेको हो ।
पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पिखुला खोलामा प्रदेश सरकारले ६ करोड ५३ लाख लागतमा करिब एकहप्ता अगाडि पुल निर्माणको काम शुरू गरेको थियो ।अज्ञात समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।