Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको चासोले अड्कियो दूधको मूल्यवृद्धि

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

११ भदौ, काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो । प्रधानमन्त्री नेपाल फर्किने दिन निश्चित भएको छैन ।

साउन २९ गते गठित कार्यदलले सिजनअनुसार दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने सिफारिस गरेको थियो । एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने भन्दै दूधको मूल्य बढाउने विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

‘समयानुकुल मूल्य बढाउनु स्वभाविक भए पनि एकैपटक उच्च मूल्यबृद्धिले राम्रो सन्देश नजाने बुझाई प्रधानमन्त्रीको छ,’ प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो ।कार्यदलले सिफारिस गरेको झण्डै दुईं सातासम्म पनि मन्त्रालयले दूधको मूल्य बढाउनबारेे निर्णय लिन सकेको छैन । चाडपर्वको मुखैमा उपभोक्ता मारमा पर्ने भएकाले कृषिमन्त्री खनाल थोरै मात्र मूल्य बढाउने पक्षमा रहेको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए ।कार्यदलले तोकेेका दुई सिजन अनुसारको दुईथरी मूल्यबारे गहन छलफल भइरहेको कृषि तथा पशुपंन्छि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीको भनाइ छ ।
‘चाडपर्वको मुखैमा बढ्ने मूल्यले उपभोक्तालाई मार नपरोस भन्ने कुरामा मन्त्रालय सचेत छ । आन्तरिक गृहकार्य भईरहेको छ,’ प्रवक्ता सुवेदीले भने ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले दुईथरी मूल्य सिफारिस गरेको थियो । प्रशोधित दूधको मूल्य कम उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत अर्थात् १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा हाल कायम मूल्यको ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा बढाउन सिफरिस गरेको थियो ।

कार्यदलको सिफरिस हुबहु कार्यन्वयनमा आएको खण्डमा असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर मूल्य ९० रुपैयाँ पुग्नेछ । मन्त्रालयले दूग्ध विकास संस्थालाई मूल्य बढाउन निर्देशन दिएपछि संस्थानको बोर्ड बैठकले मूल्यबारे निर्णय लिनु पर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu