आत्माको पुकार सुनेर निर्णय गर्नुस् :कांग्रेस नेता पौडेल
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गर्नु भएको छ । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गर्नु भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औंल्याउनुभएको छ ।
‘ढिलै भएपनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ बिहीबार बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत् भन्नुभएको छ ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’