पौडेल समूहको प्रतिवद्धता : सभापतिमा साझा उम्मेदवार खोज्छौं
काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताउनुभएको हो ।
यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापतिको आकांक्षी हुनुन्छ । पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाउनुभएको छ ।
कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । पार्टी कार्यालय, सानेपामा सभापतिका आकांक्षीहरु दायाबायाँ राखेर पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले भन्नुभयो ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’छिट्टै उम्मेदवार तय गर्ने उहाँले बताउनुभयो । सभापतिका अरु आंकाक्षी भने बोल्लनुभएन ।