Connect with us
Kapilvast Forest

निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

वीरगञ्ज – पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

 

ठोरी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय प्राविधिक माविमा आयोजित शिविरमा फिजिसियन डा. सरोज रोशन दास, स्त्री रोग विशेषज्ञ डा. प्रवीण शाह, दन्त रोग विशेषज्ञ डा. प्रिया जैसवालले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरको उद्घाटन नेपाली कांग्रेसका महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu