Connect with us
Kapilvast Forest

बुद्धभूमीमा सामुदायिक भवन उद्याटन

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा न ९ प्रतीटोलमा प्रगतीटोल सामुदायिक भवन उद्याटन भएको छ । सोहि अवसरमा हिन्दुहरुको महान् चाड हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम समेत सम्पन्न भएको छ ।करीब २ महिना अगाडी शिलान्यास भएको प्रगतीटोल सामुदायिक भवनमा स्थानिय स्वाबलम्बन समुहको अगुवाईमा सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरेर आइतवार सामुदायिक भवनको उद्धाटन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनु भएका बुद्धभूमी नगरपालिका वडा ९ का वडाध्यक्ष खुमानन्द न्यौपानले हरितालिका तिजको शुभकामना दिदै
भवन निर्माण गरिएकोमा प्रशंसा गर्दै यसको संरक्षण गरि हेर्न लायक बनाउन निरन्तर लागिरहन आग्रह गर्नु भयो ।

भवनलाई सामाजिक कार्यका लागि उपयुक्त थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।समुदायको अगुवाईमा यो भवन निर्माण हुनु निकै प्रशंसनीय काम भएको र अपुरो सामुदायिक भवनको स्तरोन्नति एवं अन्य पुर्वाधारहरु पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयोे।
। लगभग ८० घरदुरी भएको प्रगतीटोलमा समुदायमा सामाजिक काम गर्न होस या बैठक बस्ने जस्ता सामान्य समस्याले हटेको छ छ ।
किर्डाक नेपालकोे २ लाख बराबर आर्थिक सहयोग र बुद्धभूमी नगरपालिकद्वारा भवनका लागि आवश्यक जस्तापाताको सहयोग बाट चवन निर्माण गर्न सफल भएको किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले जानकारी दिनु भयो ।

भवन निर्माण पश्च्यात खुशी ब्यक्त गर्दैसमुहको मासिक बैठक,विभिन्न सामाजिक अभियान तथा कार्यक्रम,कोचिङ्ग सेन्टर,बालबगैचा संचालन तथा अन्य कामका लागि उक्त भवन प्रयोजनमा आउने प्रतीभा स्वाबलम्बन समुहका अध्यक्ष सीमा परियारले बतमाउनु भयो ।
किर्डाक नेपालकोे सानो सहयोगले सामुदायिक भवन बनाउन समुदायले गरेको कामको उच्च मूूल्याकंन गर्दै सिड्स कार्यक्रमको प्रभावकारीता एकदमै राम्रो भएको किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले बताउनु भयो ।

यस्ता काम गर्नका लागि किर्डाक नेपाल आगामी दिनहरुमा पनि वडा कार्यालय र समुह संगै सदैव तत्पर रहेको किर्डाक नेपालका जिल्ला संयोजक रावलले बताउनु भयो ।बुद्धभूमी नगरपालिकामा संचालित प्रतीभा स्वाबलम्बन समुहकी अध्यक्ष,सीमा परियारको अध्यक्षता, आतिथ्य,किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावल को विशिष्ट आथित्य संगै स्थानिय समाजसेवी बुद्धिजिवीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu