कृष्णनगरमा तिजको अवसरमा शुकामनाआदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न
कपिलवस्तु-महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न भएको छ ।।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शाहले तिज पर्वको शुभकामना दिदै सबै नारीहरुसभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको बताउदै आफूबाट हुने सक्ने सहयोग सधै गर्ने बताउनुभयो ।कार्यक्रममा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्तालगायतले तिज पर्वको शुभकामना शन्देश दिनु भएको थियो ।
होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा भएको कायक्रममा शिव प्रसाद घिमिरेको अध्यक्षता , कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहका प्रमुख आतिथ्यता रहेको कार्यक्रममा होटल व्यवसायी जिल्लाका अध्यक्ष गोपाल बहादुर खत्री, पर्यटन उपाध्यक्ष गोपीकृष्ण भट्टराई र सदस्य लगायत महिला को अधिकांश उपस्थित रहदै,समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।