संशोधन नभई एमसीसी अनुमोदन हुँदैन : अध्यक्ष दाहाल
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई अनुमोदन नहुने बताउनु भएको छ ।
पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकमा सहभागीहरुले एमसीसीको विषयमा दाहालको धारणा मागेका थिए । त्यसपछि छोटो सम्बोधन गरेका दाहालले एमसीसी सम्झौता संशोधन भएमात्रै अनुमोदन हुने बताउनु भएको हो ।
सरकारले एमसीसीलाई कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफ आएको छैन । संशोधन नभएसम्म पास हुँदैन,’ दाहालको भनाई उदृत गर्दै उहाँका प्रेस संयोजक विष्णु सापकोटाले भन्नु भयो ।