Connect with us
Kapilvast Forest

पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन ।

यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग गर्ने जि सुइट प्रयोगकर्ताले पनि अब यो फिचर प्रयोग गर्न सक्नेछन् ।

गोप्य तथा संवेदनशील कागजातहरु शेयर गर्ने व्यवसायसँग सम्बनिधत प्रयोगकर्ताका लागि यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । डेस्कटपमा मात्र नभै जिमेल एपमा पनि यो फिचर उपलब्ध हुनेछ ।

डेस्कटपमा

· सुरुमा ब्राउजरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस्

· त्यसपछि Compose Mail मा क्लिक गर्नुहोस्

· Send बटनको दायाँतर्फ रहेको लक आइकनमा क्लिक गर्नुहोस्

· त्यसपछि एउटा पपअप विन्डो देखिनेछ जसमा पठाइने मेसेज कति समयमा एक्सपाएर हुन्छ भन्ने विकल्प देखा पर्दछ ।

मोबाइलमा

आफ्नो एन्ड्रोइड तथा आइओएसमा जिमेल एप लगइन गर्नुहोस् र कम्पोज मेल स्कृन ओपन गर्नुहोस् । त्यहाँ माथिल्लो दायाँ भागमा रहेका तीनवटा थोप्लाको आइकनमा ट्याप गर्नुहोस् र कन्फिडेन्स मोड छान्नुहोस् । त्यसपछि मेसेज एक्सपाएर हुने समयावधि छनोट गर्ने अप्सन आउँदछ । एजेन्सीको सहयोगमा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu