सभामुखलाई एमालेको प्रश्न : एमाले टुक्र्याउन किन मतियार बन्नुभयो
काठमाडौं- नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उहाँले बताउनु भयो ।
नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उहाँले भन्नु भयो ।
प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताउनु भयो । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको हो ।
प्रमुख सचेतक भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेर बुधबारको बैठक अवरुद्ध गरेको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भउको छ ।