Connect with us
Kapilvast Forest

हिल्दुम विद्युत वितरण केन्द्रद्वारा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

 

हुम्ला- सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपुर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपुर्ति बन्द गरेको छ । केही दिन अगाडी पहिरोले बगाएको ओभर फ्लो पाइपको मर्मत कार्य गर्नका लागि विद्युत आपुर्ति बन्द गरिएको हो ।

केन्द्रका प्रमुख साजन ऐडीले बिहीबार बिहानबाट एक हप्ताका लागि विद्युत सेवा बन्द गरिएको बताउनुभयो । उहाँले केही दिन अगाडी पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइप लाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपुर्ति कार्य बन्द गरिएको बताउनुभयो ।

ओभर फ्लोको पाइप लाइन सबै पहिराले बगाएपछि नयाँ निर्माण गर्नु पर्ने र त्यसमा ग्याबिन लगाउनु पर्ने भएको कारण विद्युत आपुर्ति कार्य बन्द गर्नु परेको उहाँले बताउनुभयो । नहरमा पानी सुचारु गरेर बिधुती आपुर्ती गर्दा नहर पनि पहिरोमा जाने जोखिम भएपछि बन्द गर्नुको अन्य विकल्प नदेखिएको केन्द्रले जनाएको छ ।

साढे दुई सय किलोवाट बिधुत उत्पादन गर्दै आएको हिल्दुम साना जलविद्युत आयोजनाले ओभर फ्लो पहिरोले लगेपछि अस्थायी रुपमा काम चलाउन गरेर एक सय किलोवाट विद्युत उत्पादन गरेर आपुर्ती गर्दै आएको थियो । सिमकोट सहित खार्पुनाथ गाउँपालिकामा लोडसेडिङ गरेर विद्युत आपुर्ति गर्दै आएको थियो । विद्युत सेवा बन्द हुँदा केन्द्रका दुई हजार तीन सय ग्राहक मर्कामा परेका छन् । यसबाट बढी बैंक, सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu