Connect with us
Kapilvast Forest

कृषि तथा पशु बीमाकाे ८० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं– सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएकाे छ ।

अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो ।यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको हाे । अर्थ मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोध र नाराबाजीकाबीच प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu