Connect with us
Kapilvast Forest

शिवराजमा भोली सार्वजनिक विदा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

शिवराज नगरपालिकाको कार्यालय

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले भदौ २७ गते अर्थात आइतबार (भोलि) सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले आइतबार(भोलि) २७ भदौमा बड्की आइतबार पर्व परकाले शिवराज नगरपालिका माताहातका सम्पूर्ण कार्यालयहरुमा विदा दिने जनाएको हो ।

बड्की आइतवार थारु समुदायले भोली आईतबार मनाउँदै छन । थारु समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा बड्की आईतबार पर्वलाई मानिन्छ । बड्की आइतवार पर्व थारु जातिहरुले मनाउने पर्व हो । यो पर्व सूर्यको उपसना गरेर मनाउने गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj