Connect with us
Kapilvast Forest

सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख सापकोटाद्वारा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि आव्हान गरिएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित हुनुभएको छैन ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल लगायतका शीर्ष नताहरुको सहभागीता रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu