५० लाख आम्दानी भएकाे गाउँपालिकाको निर्णय : ७० लाख खर्चमा नगर प्रहरी
सिन्धुली । बार्षिक ५० लाख मात्रै आम्दानी भएको गोलन्जोर गाउँपालिकाले ७० लाख खर्च हुने गरि नगर प्रहरी भर्ना गर्ने तयारी गरेको छ । गाउँपालिकाले भदौ १० गते १५ जना नगर प्रहरी भर्ना गर्न अवेदन खुलाएको हो ।
नगर प्रहरी अनावश्यक रुपमा भर्ना गर्न लागिएको भन्दै प्रतिपक्ष दल नेकपाले बार्षिक ७० लाख ब्ययभार बढ्ने र विकास बजेट घट्ने भन्दै विरोध जनाएको छ । विकास र्शीषकमा बजेट घट्न गई गाउँपालिकाको विकासमा प्रभाव पर्ने भन्दै नेकपा गोलन्जोरका सचिव रेगन थापा र केपी पोखरेलले विज्ञप्तीमार्फत विरोध जनाएका हुन् ।
नेकपाले नगर प्रहरीको अलवा विद्यालयमा नर्स, कृषि प्राविधिक जस्ता आवश्यक र रचनात्मक क्षेत्रमा कर्मचारी भर्ना गर्न आग्रह गरेको छ । जबरजस्ती विज्ञापन गरिएको भन्दै विज्ञापन रद्द गरी जनताले प्राप्त गरेको विकास बजेट दुरुपयोग नर्गन आग्रह गरेको .छ । गाउँपालिकाले वेवास्ता गरी अगाडी बढ्न खोजेमा थप विराेधका कार्यक्रम तय गरिने नेकपाले जनाएको छ ।