Connect with us
Kapilvast Forest

पौडेल पक्षलाई साझा उम्मेदवार छान्न सकस

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।

 

केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन्। भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४ औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गर्नु भएको थियो ।

भदौ १८ बाट कांग्रेसको वडा अधिवेशन सुरु हुँदै थियो। कमसेकम वडा अधिवेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास थियो। यसका लागि पौडेल पक्षका नेताहरूले लगातार ३ दिनसम्म बैठक गर्नु भएको थियो ।

साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गर्नु भएको थियो । तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन।

भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गर्नु भएको छैन । पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो।

उक्त बैठकमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफलै भएन। डडेलधुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय उक्त बैठकले गरेको थियो। यो निर्णय गर्न पौडेल पक्षलाई सकस भएन। तर साझा उम्मेदवार टुंगो लगाउन भने सकस पर्ने देखिन्छ।

उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताउनु भयो। ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छौँ’, उहाँले भन्नु भयो ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी छ।’

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडान कायमै रहेको छ । उहाँहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहनु भएको छ । यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ। पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ। यो समाचार नागरिक दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu