लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी
रुपन्देही-लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षाको पुरै शुल्क उठाएको भन्दै आज विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू०ले क्याम्पसको लेखा शाखा र परिक्षा शाखामा तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा अनलाइन कक्षाको पुरै शुल्क लिएकाले अनेरास्ववियूका अध्यक्ष राजेश आचार्यले बताउनु भयो ।
विद्यार्थीहरूबाट शैक्षिक शुल्क वापत लिएको रकम अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी माग गरेको थियो । अध्यक्ष राजेश आचार्यले माग पुरा नहुँदासम्म तालाबन्दी जारी राख्ने समेत बताउनु भयो ।
