मनोज लामा पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा काठमाडौं बौद्ध महांकाल बस्ने सिन्धुपाल्चोक लिशंखु पाखर गाउँपालिका १ घर भएका १९ वर्षीय मनोज लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गत असार ३१ गते राति काठमाडौं महानगरपालिका–४ धुम्बाराही सुकेधारामा काठमाडौं हेपाली हाईट बस्ने मोरङ कानेपोखरी गाउँपालिका–६ घर भएका ३६ वर्षीय दिपक तामाङलाई टाउकोमा गहिरो चोट लागि बेहोस भएको अवस्थामा प्रहरीले
फेला पारेको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको अभियोगमा मनोजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।