Connect with us
Kapilvast Forest

गुठीकाे जग्गा महानगरलाई ‘लिज’ मा दिनुहाेस् : मेयर शाक्य

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

काठमाडौ – काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ । शनिवार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१ औँ गणेश मन्दिरको उद्घाटन गर्नुभएकाे हाे ।

इनाखामा रहेकाे मन्दिर उद्घाटनपछि काठमाण्डाै महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनुभयो । महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको उहाँकाे भनाइ छ ।

मेयर शाक्यले काठमाण्डाै महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो । उहाँले काठमाण्डाै आउने पर्यटकहरूले काठमाण्डाै घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताउनुभयो । मेयर शाक्यले काठमाण्डाैका पुरातात्त्विक कुराहरूलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकाले पुनर्निर्माणमा दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयर शाक्यले कतिपय ठाउँमा पुरातत्त्व विभाग र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले गुठीको नाममा धेरै सार्वजनिक जग्गा भएकाले महानगरलाई लिजमा दिन पनि आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu