Connect with us
Kapilvast Forest

२१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

kalikaa-mandir-baglung.jpg
तस्विर प्रतिनिधिमुलक

काठमाडौं-काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इनाखास्थित मन्दिर २१ औँ गणेश मन्दिरको उद्घाटन गर्दै महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनु भएको छ ।

 

महानगरले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिरहेको बताउँदै उनले यहाँ रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनु भयो । मेयर शाक्यले काठमाडौँ आउने पर्यटकहरूले काठमाडौँ घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरू जोगाइरहनुपर्ने बताउनु भयो ।

मेयर शाक्यले भन्नु भयो ,‘हामीले सांस्कृतिक शहर, काठमाडौँ महानगर भनेर घोषणा गरेका छौँ । त्यहीअनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न दिएका छौँ । अब यसलाई पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो । त्यही अनुसार हामीले काम गर्दै गइरहेका छौँ । यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’

तर, मेयर शाक्यले कतिपय स्थानमा पुरातत्त्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताएउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu