Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नेपालको संबिधान २०७२ संशोधन बिषयमा अन्तरक्रिया

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-नेपालको संबिधान २०७२ संशोधन बिषयक अन्तरक्रिया तथा बिरोध कार्यक्रम कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले अझै संबिधान अपुरो रहेकोले संशोधन गर्नु पर्ने माग गर्दै सो कार्यक्रम गरेको हो ।

पार्टीका केन्द्रिय अनुशासन बिभागका प्रमुख नरसिंह चौधरीले २०७२ सालमा जारी भएको संबिधान अपुरो र सबैलाई नसमेटिएकाले संशोधन गर्नु पर्ने माग गर्नु भयो । उहाँले सबै जाति भाषा बर्गहरुको हक अधिकार नसमेटिए सम्म यो संबिधानमा सबैले अपनत्वग्रहण गर्न गाह्रो हुने बताउनु भयो ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य नारायण खनालले मधेसी, जनजाति अल्पसंसंख्यक, दलित महिला, खस मुस्लिम थारुहरु अधिकार संबिधान नसमेटिएकाले संशोधन गर्नु पर्ने माग गर्नु भयो ।

जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षता, संतोष पाण्डेयको संचालनमा भएको कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष अ्ब्दुल रसिद खा, मायोदेबी गाउपालिका अध्यष बजरंगी चौधरी, प्रूदेश सदसय संदीप पाण्डेय, मेघनाथ पाध्या, परिषद सदस्य बुजगोपाल गुप्ता, राम निवास यादव लागतयले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu