Connect with us
Kapilvast Forest

साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

बुटवल, १४ भदौ । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।

नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न रणनीतिका साथ मैदान उत्रने बताउँछन् ।

‘भारतीय टिम निकैनै बलियो छ । फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।तर नेपालको लागि भारतलाई उसैको मैदानमा हराउन निकै कठिन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा भारत संग ५–० गोल अन्तरले हारेको नेपाल अरु खेलमा भने लगातार जित निकाल्दै फाइनलमा पुगेको हो । खेल कोलकत्तास्थित कल्याणी खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu