Connect with us
Kapilvast Forest

रुपन्देहीबाट पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित ३ जना पक्राउ

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

ख्तियार दुरुपयोग अनुसन्धान आयोग

बुटबल -सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै रूपन्देहीमा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्तालाई नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

भारतबाट काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न भन्दै बेलहिया आएको ८ जना भारतीय पर्यटकसँग नाका पार गराईदिने भन्दै प्रतिव्यक्ति ५ सय भारतीय रूपैयाको दरले रकम लिएको प्रहरीले जनाएको छ ।

गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका उनीहरूसँग सोही ट्राभल्समा कार्यरत गुप्ताले नेपाल प्रवेश गर्न प्रहरीलाई घुस दिनुपर्छ भन्दै रकम असुल गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पर्यटकसँग घुस लिएको उजुरी परेपछि दुवै जनालाई पक्राउ गरि अनुसन्धान शुरू गरिएको जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu