Connect with us
Kapilvast Forest

गुल्मीमा पहिरोले घर पुर्दा ३ जनाको ज्यान गयो

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

pahiro file ncn

गुल्मी-गुल्मीमा गएराति अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताउनु भयो । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।

पहिरोमा पुरिएकाहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरी शसस्त्र प्रहरीको संयुक्त सहयोगमा ३ मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj