चन्द्रौटामा आयोजित भलिवलको उपाधि मणिमुकुन्द र एभेरेष्ट क्लवलाई
कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लवले जितेको छ । वुधवार भएको फाईनलमा पुरुष तर्फ गलकोट वाग्लुङ र मणिमुकुन्द क्लव विच प्रतिष्प्रधा भएको थियो ।
खेलको अन्तिम समयमा विवाद भएपछि गलकोटले मैदान छाडेको थियो । रेफ्रिको निर्णय विपरित मैदान छोडपछि मणिमुकुन्दले प्रथम जित हासिल गरेको हो उसले १ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ ।
राईजिङ स्टार युवा क्लवको आयोजनामा आयोजित खेलमा तेस्रो स्थान भने आयोजक ए ले हात पारेको छ । त्यस्तै महिला तर्फको खेलमा वुधवार नै लाफा समुह र एभरेष्ट क्लव भिडेका थिए जसमा एभेरेष्ट क्लवले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागीतामूलक प्रतियोगितामा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत जिल्लाका खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्धितीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो । महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १५ हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गरेको क्लवका अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।
खेलमा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।सबैको सहयोग रहेकोले खेल सफल भएको खेल संयोजक शैलेन्द्र पुनले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नगर प्रमुख नेत्रराज अधिकारी,वडा अध्यक्ष टेकलाल सापकोटा,मुख्य प्रयोजक जिवलाल पौडेल लगाएतले पुरस्कार वितरण गर्नुभएको हो ।