Connect with us
Kapilvast Forest

दशैको मुखमा फेरी कपिलवस्तुका उखु किसान आन्दोलित

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु- दशैको मुखमा कपिलवस्तुका उखु किसानहरू फेरी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७१÷७२ को उखुको प्रवर्द्धन बापतको अनुदानको रकम हाल सम्म पनि नपाएको भन्दै विहिवार इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार किसान सङ्घ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरी सहितको टोलि इलाका प्रशासन कार्यालय चन्द्रौटा पुगी ९ बुदे माग पत्र सहित ज्ञापन पत्र बुझाएका हुन् । सरकारले गरेको सहमति कार्यान्वयन गर्न पटक पटक माग गरे पनि माग पुरा नभएको उहाँले दुखेसो पोख्नु भयो ।कपिलवस्तु किसान सङ्घले पटक पटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरूलाई उपलब्ध गराउन माग गर्दै आएको छ ।

सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसके पनि वास्ता नगरेपछि पुन स्मरणको लागि ज्ञापन पत्र बुझाएको बताउनु भयो ।

कपिलवस्तुको शिवराज नगरपालिका ७ जभावारीमा रहेको महालक्ष्मी सुर्गस मिल सञ्चालक वीरेन्द्र कनोडियाकै कारणले रकम नपाएको किसानको गुनासो छ ।सरकारले राहत स्वरूप उपलब्ध गराउनुपर्ने रकम ६ वर्ष सम्म पनि नपाएको भन्दै कपिलवस्तुका उखु किसानहरू पटक पटक आन्दोलित भएका छन्।राहत स्वरुप सरकारले २ करोड ४८ लाख २३ हजार रुपैयाँ दिनुपर्ने भए पनि नपाएको भन्दै किसान आन्दोलित भएका हुन ।

आर्थिक वर्ष २०७१÷७२ मा देशभरका उखु किसानलाई सरकारले प्रति क्विन्टल उत्पादन वापत २५ रुपैयाँ अनुदान दिने निर्णय गरेपनि कपिलवस्तुका किसानहले भने अहिले सम्म उक्त रकम पाउन सकेका छैनन्।

उक्त रकमको माग गर्दै अहिले सम्म ३५ पटक काठमान्डौ पुगेको अध्यक्ष चौधरीले बताउनुभयो । साथै आगामी कार्तिक ७ गते सम्म माग पुरा नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने चौधरीले बताउनु भयो । ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले किसानहरूको माग सम्बोधनको लागि ज्ञापन पत्र यथाशीघ्र सम्बन्धित निकायमा पु¥याउने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu