कपिलवस्तु नगरपालिका:पासीको अध्यक्षतामा २३ सदस्य मुक्ति समाज कमिटि गठन
संजीव गहतराज –सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तु नगर भेला सम्पन्न भएको छ । नेकपा ऐमाले निकट कपिलवस्तु नगरपालिकाका दलित सुमदायहरुको भेलाले अध्यक्ष राम प्रसाद पासी, उपाध्यक्ष बिन्गुद काेरी, सचिव बिनाेद वि.क , सह सचिव संदिप हरीजन, कोषाध्यक्ष भिम कुमारी सुनार सहित २३ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तु नगर कमिटि गठन गरिएकाे हाे।
कार्यक्रममा जात ब्यवस्थाले दलित समुदायमाथि पुर्याएकाे क्षतिकाे क्षति पुर्ति स्वरूप राज्यले आरक्षणकाे ब्यवस्था गरेकाे हाे कसैकाे दयाँले नभएकाे नेकपा एमाले लुम्बनी प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य शान्तिदेवि हरिजनले बताउनुभयाे ।
सामन्ती संस्कारको रुपमा रहेको जातीय छुवाछुत अन्तको लागि सबै एक जुट भई संगठन निमार्ण गर्नुपर्ने र सुर्य चिन्ह अंकीत नेकपा ऐमालेलाई निवार्चनमा मत दिई पहिलो पर्टी बनाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले जोड दिनुभयो ।
समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमाले विजयी बनाउनपर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि उपाध्यक्ष बाबुराम खनालले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै समाजमा जात ब्यवस्था कामका आधारमा भएकाे तर सामन्तिहरूले यसलाई विभेदकाे मुल सुत्र बनाएकाेले यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य धर्मराज भुषाल, नेकपा एमाले कपिलवस्तु नगर कमिटि अध्यक्ष भेषराज पाण्डेले बताउनु भयाे ।
कार्यक्रम नेपाल उत्पिडित जातिय मुक्ति केनि्द्रिय सदस्य पुर्णकला सुनारकाे अध्यक्षता र संजीव गहतराजले संचालन गर्नुभएको थियो।