Connect with us
Kapilvast Forest

बेलैमा उपचार नपाउँदा बालकको मृत्यु

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

 

अछाम — अछामको मंगलसेन नगरपालिका–१३ का ११ महिनाका बालक भूपेन्द्र जनालालाई सुरुमा रुघाखोकी र ज्वरो आयो । नगरको दुर्गम बुडबाडा टोलका सामान्य दलित परिवारले समयमै अस्पताल पुर्‍याउन सकेनन् । भदौ ४ गते जिल्ला अस्पताल भर्ना भएका बालकको बुधबार मृत्यु भएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले भूपेन्द्रका बुवा नैने रोजगारीका लागि भारत जानु भएको थियो  । आमा चम्फाले रोग र कुपोषणले ग्रस्त छोरालाई न स्वास्थ्य चौकीमा समयमै लान सक्नु भयो न त बाडास्थित सहरी स्वास्थ्य क्लिनिकमा नै पुर्‍याउनु भयो  ।

 

बच्चाको अवस्था नाजुक हुँदै गएपछि आफन्तले जिल्ला अस्पताल लैजान सुझाएका थिए । ‘छोरा बिरामी भएको खबर श्रीमान्लाई पुर्‍याउन पनि निकै समय लाग्यो । गाह्रो हुन थालेपछि नातागोतासँग ऋण मागेर १० घण्टा लगाएर जिल्ला अस्पताल पुर्‍याए,’ चम्फाले भन्नु भयो , ‘अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले यहाँ उपचार सम्भव छैन, धनगढी, नेपालगन्जको राम्रो अस्पताल लैजान भने । बाहिरका अस्पतालमा लैजान एक्लै सकिनँ ।’ ठूला अस्पतालमा लैजान नसक्ने बताएपछि जिल्ला अस्पतालमै भर्ना गरेको उहाँले बताउनु भयो  । बाहिर लैजान उनीसँग अर्थ अभाव थियो भने साथमा सहयोगी पनि थिएनन् । ‘राम्रो उपचार नपाउँदा मेरो कोख नै रित्तियो,’ उहाँले आँसु झार्दै भन्नु भयो  ।

धेरै दिनसम्म छोरा निको नभएपछि घर फर्किएका नैनेले उपचारका लागि उतै लैजाने सोच पनि बनाएका थिए । तर, उनी फर्केलगत्तै छोराको मृत्यु भएको हो । ‘गरिबी नै ज्यानमारा भयो, समयमा उपचार गराउन सकिएन,’ उहाँले भन्नु भयो  । कडा निमोनिया र कुषोषणका कारण फोक्सोमा संक्रमण हुँदा बालकको ज्यान गएको जिल्ला अस्पतालकी सूचना अधिकारी गंगा बुढामगरले बताउनु भयो  । ‘हामीले थप उपचारका लागि धनगढी रेफर गरेका थियौं । बच्चाका साथमा आमा मात्रै हुनुन्थ्यो  । उहाँले बाहिर लैजान सक्दैनौं भनेपछि अस्पतालमा भर्ना गरेर सक्ने जति उपचार गरेका हौं । तर बचाउन सकिएन,’ उहाँले भन्नु भयो समयमै राम्रो ठाउँमा पुर्‍याउन नसकेका कारण बालकले ज्यान गुमाउनुपर्‍यो ।’

दुर्गम बस्तीमा रोग्रप्रतिको लापरबाही र समयमा उपचार नपाएर भूपेन्द्रजस्तै धेरैले अकालमा ज्यान गुमाउनुपरेको यो पहिलो उदाहरण भने होइन । ‘गाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले कुपोषणबाट बच्ने उपायबारे जानकारी दिएकै छन्,’ वडाध्यक्ष प्रेम थापाले भने, ‘बिरामी भएमा स्वास्थ्य संस्था लैजान पनि सल्लाह दिइराख्छन्, तर बच्चाको स्वास्थ्यमा अभिभावकले ध्यान नदिएको पाइन्छ ।’

 

मंगलसेन नगरपालिका–७ की सेतु जैसीका ३ वर्षीय छोरा चार दिनदेखि उपचाररत छन् । रुघाखोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उहाँले छोरालाई जिल्ला अस्पताल मंगलसेन ल्याउनु भएको थियो । हरेक बिहान–साँझ छोरालाई बाफ दिन स्वास्थ्यकर्मीले सुझाएका छन् । अस्पतालमा राखेर उपचार गरेपछि बच्चालाई केही सहज भएको छ । ‘निमोनिया देखिएको छ । डाक्टरले छाती खराब छ भन्छन् । सञ्चो हुन्छ कि हुँदैन भन्ने चिन्ता छ,’ उहाँले भन्नु भयो  ।

१५ शय्याको जिल्ला अस्पतालमा शुक्रबार ४७ जना बिरामी भर्ना गरिएको सूचना अधिकारी बुढामगरले बताउनु भयो  । तीमध्ये २५ जना निमोनिया भएका बालबालिका छन् । ‘बिरामीको चाप बढेर सेवा दिन कठिन भएको छ,’ उहाँले भन्नु भयो , ‘जिल्ला अस्पतालमा ठाउँ नभएर बिहीबार निमोनिया भएका तीन बालबालिकालाई बयलपाटा अस्पताल रेफर गरेका छौं । एकै बेडमा दुई जना बिरामी राखेर उपचार भइरहेको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu