Connect with us
Kapilvast Forest

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

khadya-campani.jpg

काठमाडौं – व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि भेटिएका छन् । जनैपूर्णिमादेखि नै चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी गर्दै आएको विभागले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका १२ जना कर्मचारी थप गरेर अहिले दशैँतिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।

असोज सुरु भएपछि विभागले अहिलेसम्म ४ सय ५० वटा पसलमा अनुगमन गरिसकेको जनाएको छ । जसमध्ये धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र वस्तुको वास्तविक मूल्यभन्दा निक्कै धेरै लिने गरेको भेटिएको उहाँले बताउनुभयो ।

त्यस्ता व्यापारीलाई चेतावनी दिने गरेको र आउने दिनमा पनि त्यस्तो भेटिए कानुनी कारबाही गरिने उहाँको भनाइ छ । केही व्यापारी तथा फर्मलाई कानुनी कारबाही पनि गरिएको उहाँले बताउनुभयो ।

विभागले भदौ महिलामा २ सय ४० र साउनमा १ सय ८४ वटा पसलको अनुगमन गरेको थियो । विभागले अहिले विशेषगरी खाद्यान्न, लत्ताकपडा, मासुमा केन्द्रित भएर अनुगमन गरिरहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu