Connect with us
Kapilvast Forest

मेस्सीबिना मैदान उत्रदै बार्सिलोना

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत साविकको विजेता टोली बार्सिलोनाले ओसासुनाविरुद्ध लिगको तेस्रो खेले खेल्दैछ ।

ओसासुनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुशार ८ः४५ मा सुरु हुनेछ । लिगको पहिलो खेलमा एट्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै रियल बेटिसलाई ५–० गोल अन्तरले पराजित गरेको थियो।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजना सहित मैदान उत्रनेछन् । बार्सिलोनाल आजको खेलमा जित निकाल्दै अंक तालिकामा अफुलाई बलियो बनाउने योजनामा हुनेछ । यता ओसासुना लिगमा दोस्रो जित निकाल्दै आफुलाई पनि बलियो बनाउने योजनामा हुनेछ ।

बार्सिलोनाको आजको खेलमा कप्तान लियोनल मेस्सी खेल्ने छैनन् । मेस्सी यो चोटका कारण केहि समय मैदान बाहिर छन् । लिग अन्तर्गत आजनै हुने अन्य खेलहरुमा लेभान्तेले भालाडोलीडसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै गेटाफे सीएफले आलाभेसलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ । शनिबार राति हुने अन्तिम खेलमा रियल बेटिसले लेगानेसको सामना गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu