याेगेन्द्र पुनकाे रिहाईकाे माग , खसी मागेर ब्यापारीलाई अनावस्यक दुख दिएकाे प्रहरीकाे भनाई
संजिव गहतराज –नेकपा विप्लव नेतृत्वको युवा संगठन नेपाल कपिलवस्तुले पत्रकार सम्मेलन गरेकाे छ । कपिलवस्तु जिल्ला सदस्य योगेन्द्र पुन मगरलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेकाे भन्दै पत्रकार सम्मेलन गरेकाे बताइएको छ ।
पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बाेधन गर्दै युवा संगठन नेपालका कपिलवस्तु जिल्ला देव बहादुर केसी (सागर) ले दिनप्रतिदिन देशमा माैलाउँदै गएकाे गैर कानुनी कामप्रति सरकार माैन रहेकाे जनाउँदै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेकाे बताए । कपिलवस्तुकाे सन्दर्भमा भारतीय सिमाना जाेडिएकाेले नुन देखि सुन सम्म चाेरी पैठारी हुने गरेकाे कार्य प्रति नेकपा संवेदनशील रहेकाे जनाए । आफू राजनीतिक हिसाबले जिम्मेवार भएकाेले जाे सुकैले गरेकाे अबैध कार्यप्रति खबरदारी गर्ने गरेकाे बताए ।
शिवराज नगरपालिका वडा नं १ निवासि युवा संगठन नेपालका जिल्ला कमिटि सदस्य योगेन्द्र पुनको रिहाईको माग गर्दै पत्रकार सम्मेलन सम्पन्न गरेको हो । अबैध रूपमा तस्करी गरि ल्याईएको बाख्रा नियन्त्रण गर्ने बिषयमा बिवाद भएपछि वडा प्रहरी कार्यलयले योगेन्द्र पुनलाई नियन्त्रणमा लिई बिना कारण थुनामा राखेकोेले निसर्त तुरून्त रिहाई गर्नुपर्ने युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष देव बहादुर के।सिले सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।
उता जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका अनुसार व्यापारी संग खसी मागेको र ब्यापारीले खसी नदिएपछि पछि भन्सार गरेको कागज पत्र च्यातेको अनावस्यक ब्यापारीलाई दुख दिएको भनी जाहेरी दर्खास्त आएकोले नियन्त्रणमा ल्याएको प्रबक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ । युवा संगठन नेपाल नेपाल कम्न्युष्ट पार्टी नेत्र बिक्रम चन्द ९बिप्लप० माओवादि निकट युवा संगठन हो ।