Connect with us
Kapilvast Forest

ठुलाे दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

२०७८, ११ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं – सोमबार बिहान ८ बजेर ३२ मिनेटमा बुद्ध एयरको विमान नियमित उडान भर्न काठमाडौंबाट विराटनगरका लागि उड्यो । विमानमा ४ जना क्रु मेम्बर र ७३ जना सवार थिए ।

विमान ३० मिनेटमा विराटनगर विमानस्थल पुगेपनि विमानका क्याप्टेन आङ्गेलो शेर्पाले विमानको लयान्डिङ गेयरमा समस्या भएको थाहा पाएपछि जहाज अवतरण नगरी काठमाडौंतर्फ फर्काए । काठमाडौंमा आएपछि पनि विमान करिब ३० मिनेट आकाशमा होल्ड भयो ।

काठमाडौंको आकशमा १० फन्को लगाएको विमानको फोर्स ल्यान्डिङ गराउने तयारी भइरहँदा विमानको ल्यान्डिङ गेयरले काम गर्यो र जोखिमका बीच क्याप्टेन शेर्पाले विमानको सफल अवतरण गराए । विमानको ल्यान्डिङ गेयरमा समस्या भएको खबरपछि विमान भित्र यात्रुहरुको रुवाबासी मच्चिएको थियो ।

यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर काठमाडौंमा पनि ल्याण्ड हुन नसकेपछि जहाजभित्र रुवाबासी चलेको उनीहरूले सुनाए । यता सोमबार नै बुद्ध एयरको अर्को विमानमा पनि समस्या देखियो ।

काठमाडौंबाट पोखराका लागि उडेको विमानको ककपीटमा धुवाँ देखिएपछि काठमाडौं फर्किएको थियो । एकैदिन दुईवटा विमानमा समस्या देखिएपनि भाग्यवस दुइवटै विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरे र ठुलो दुर्घटनाबाट बचे ।a

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu