Connect with us
Kapilvast Forest

दुर्गामन्दिरको चौथो साधारण सभा तथा अधिबेशन सम्पन्न ,अध्यक्षमा पाण्डेय चयन

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-दुर्गामन्दिर चन्द्रौटाको चौथो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिरमा भएको अधिवेशनले भिमलाल पाण्डेको अध्यक्षतामा ११ सदस्यीय दुर्गामन्दिर संरक्षण समिती चयन गरेको छ ।

जसको उपाध्यक्षमा बाल कुमारी घिमिरे सचिवमा कविता आर्चाय,सह सचिवमा गुरु प्रसाद यादव, कोषाध्यक्षमा लाल बहादुर थापा,सर्वसम्मत रुपमा चयन भएका छन् भने सदस्यमा क्रमश कुलराज पौडेल, कमला पाण्डेय, खिम बहादुर पुन,कृष्ण थापा, भिर्मा अर्जुन आर्चाय र सरस्वती गैरे चयन भएका छन ।

यसै गरि लेखा समितीमा शिशिर पोख्रेलको संयोजकत्वमा लिला पाण्डेय र सुमित्रा अधिकारी गरि ३ सदस्यीय समिती सदस्य चयन भएका छन ।सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष तारा प्रसाद पौडेल ले प्रस्तुत गर्नुभएको थियो संस्थाका कोषाध्यक्ष नेत्र बेल्बासे ६५,४३,८९७ बराबरको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी अर्जुन पाण्डेले नयां समितीलाई शुभकामना दिदै मन्दिर संरक्षण मा उल्लेखनिय काम गर्न सुभाव दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu