Connect with us
Kapilvast Forest

थप ८६७ मा कोरोना संक्रमण, नौ जनाको मृत्यु

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ हजार २१९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेको छ । सो अवधिमा एक हजार १२३ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८१९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६।४ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५० सघन उपचारकक्ष(आइसीयू) ११२ भेन्टिलेटर, १६ हजार ३७१ होम आइसोलेशन, एक हजार २७१ संस्थागत आइसोलेशन र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ८३ हजार ३७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९६ हजार ६१८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९२९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्याङ्कम उल्लेख छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj