Connect with us
Kapilvast Forest

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराजको अध्यक्षमा घिमिरे

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

ncn

कपिलवस्तु -एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराज नगर समितिको प्रथम नगर परिषद् सम्पन्न भएको छ । शनिवार राष्ट्रिय माविमा भएको परिषद्ले चिरञ्जीवी घिमिरेलाई अध्यक्षमा चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल,उपाध्यक्षमा कुण्डला गिरी,सचिवमा जीवलाल भुसाल,सहसचिवमा महेश्वर खनाल,कोषाध्यक्षमा विशाल पाण्डे सहित ११ समिति चयन गरेको हो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष लाल चन्द पाण्डेले शिक्षकहरूको हक अधिकारको लागि सङ्गठनमा आबद्ध हुन आव्हान गर्नुभयो । समग्र शिक्षा प्रणालीलाई सुधार सहित शिक्षाका परि मर्का सम्बोधनको लागि एक ठाउँमा उभिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चुर बहादुर खड्का,नगर अध्यक्ष दिनेश पुन,कपिल खनाल लगाएतले शुभकामना दिनुभएको थियो ।कृष्ण पौडेलको स्वागत मन्तव्य रहेकोक कार्यक्रमको सञ्चालन जीवलाल भुसालले गर्नुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu