Connect with us
Kapilvast Forest

बाणगंगा २ मा सय जना बढी नेपाली कांग्रेसमा प्रवेश

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

 

कपिलवस्तु-नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नम्बर २ मा सय भन्दा वढि नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्वर २ कार्य समितीको आयोजनामा पार्टी प्रवेश तथा प्रथम बैठक लुम्बिनी पार्टी प्यालेस पिपराको सभाहलमा सम्पन्न भएको हो । वडा नम्बर २ बाट नेकपा एमाले परित्याग गरि ९० घर परिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन भने अन्य पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क का क्षेत्रिय उप –सभापति कृष्ण मुरारी ज्ञवालीले जानकारी दिनु भयो ।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका पार्टी सभापति तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले नेपाली कांग्रेसको आस्था विचारलाई समयमा बुझेर प्रवेश गर्नु हुने नव प्रवेसी आमा, वुवा, दाजुभाई, दिदी वहिनीहरुलाई हार्दिक स्वागत गर्दै ।

लामो समय सम्म वामपन्थी विचारमा रहेर अहिले देश कै ठुलो ,पुरानो पार्टी नेपाली कांग्रेसलाई जनता ले विस्तारै वुझदै गएका कारण पनि कांग्रेसमा प्रवेश गर्नेको ओईरो लागेको वताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu