एमालेको राजनीतिक भविष्य सकियोः नेतृ झाँक्री
काठमाडौं- नेकपा एकिकृत समाजवादी ‘एस’ पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेले व्यक्ति पुजा गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई धरासयी बनाएको आरोप लगाउनभएको छ ।
नेपाली रेडीयो नेटवर्कको नेपाली बहसमा बोल्दै उहाँले एमालेमा विधि, सिद्धान्त, विचार सबै हराएको भन्दै आफूहरु त्यहाँबाट विद्रोह गरेर सुरक्षित अवतरण गरिसकेको बताउनुभयो ।
ओलीले संविधानलाई कुल्चिएको भन्दै उहाँले अब एमालेको राजनीति भविष्य समाप्त भएको टिपणी गर्नुभयो । संविधान बचाउन पनि गठबन्धनको आवश्यक्ता भएको भन्दै झाँक्रीले गठबन्धन गरेरै अगाढी बढेर कम्युनिष्ट एकतालाई अगाढी बढाउने योजना रहेको बताउनुभएको छ ।
पार्टीको कानुनी झन्झटले गर्दा सरकारमा जान ढिला भएको स्विकार्दै उहाँले अहिले पनि अध्यक्ष माधव नेपालको स्वास्थ्यमा समस्या देखिएकोले पार्टी सरकारमा जाने विषय रोकिएको स्पष्ट पार्नुभयो ।