Connect with us
Kapilvast Forest

सरकार पूर्णरुपमा असफल भइसक्योः आनन्द प्रसाद पोखरेल

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले एमाले विरुद्ध संसदमा भइरहेको मोर्चाबन्धी संसदीय व्यवस्था विपरित भएको दावी गनुुभएको छ । सरकारले जनताका हित विपरीतका कार्यहरु मात्र गरेकोले पूर्णरुपमा असफल भइसकेको उहाँको भनाइ छ ।

राष्ट्रिय अखण्डतालाई निरुत्साहित गर्नको लागि विदेशी शक्तिको आडमा सरकारी गठबन्धन लागि परेकाले कुनै पनि राम्रा कार्य गर्ने लक्षण नै नदेखाएको नेता पोखरेलले बताउनुभयो ।

साथै उहाँले केपी ओली हाल देशको राजनेताको रुपमा स्थापित भएको दावी गर्नुभएको छ । देशको स्वाभिमान र सार्वभोमसत्ता सबै देशको एकै हुने भनेर राष्ट्रियताका लागी खुलेर लागि पर्ने भएकोले ओली राष्ट्रवादी नेता भएकोले जनता र कार्यकर्ताले उहाँको सम्मान गर्नु स्वभाविक भएको उहाँले बताउनुभयो ।

यस्तै उहाँले एकिकृत समाजवादी पार्टी शेरबहादुर देउवा रपुष्पकमल दाहाल प्रचण्डले अध्यादेश मार्फत बनाइदिएको पार्टी भएकोले एमालेको विरुद्धमा केहि खेताला लगाएर चुरिफुरि देखाए पनि अब धेरै समय नटिक्ने टिप्पणी गर्नुभयो ।

गठबन्धनका नेताहरुले पटक–पटक भाषणमा आगामी चुनावमा एक्ला–एक्लै प्रतिष्पर्दा गर्दा एमालेलाई हराउन सकिदैँन भनेर नै एमाले सबैभन्दा जनताको लोकप्रिय र शक्तिशालि पार्टी भएको सिद्ध गरेको उहाँले प्रष्ट पार्नुभयो ।

विधान महाधिवेशनमा निति नियम र पद्धतीको बारेमा बृहत छलफल भएको दावी गर्दै उहाँले आलीकै नेतृत्वमा पार्टीलाई शशक्त बनाएर लैजाने दावी पनि गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu