Connect with us
Kapilvast Forest

लिभरपुल र सिटीले बराबरी खेले

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

liverpool-scaled-1.jpg

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल र सिटीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ अन्तर्गत, खेलको ५९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । यता, खेलको ८१ औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याउँदै सिटीलाई हारबाट जोगाए । यस बराबरीसँगै लिभरपुल ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तैसिटी १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu