Connect with us
Kapilvast Forest

३८ क्वीन्टल सुन प्रकरण स् बहस सकियो, भोलिसम्म फैसला आउने

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्याको बहस आज (आइतबार)सकिएको छ।मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतबार दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गर्नु भएको छ ।

गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गर्नु भयो । अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्ये ५५ जना पक्राउ पर्दा २२ जना अझैसम्म फरार छन्।

सनम हत्याको प्रमाण जुटे पनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन। मुख्य प्रमाणका रूपमा लिइएको तस्करीको सुन नै फेला नपरेर मुद्दाको फैसला आउन लागेको हो।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि मुद्दाको अन्तिम सुनुवाइ जारी थियो। जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार मुद्दाको प्रतिरक्षा र प्रतिउत्तर बहस आइतबार साँझ सकिएको छ।

प्रतिवादीहरूको पक्ष लिएर कानुन व्यवसायीले प्रतिरक्षा सकेपछि नेपाल सरकारका तर्फबाट प्रतिउत्तर बहस भएको उहाँले बताउनु भयो । राणाका अनुसार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गर्नु भएको हो ।

बहसका क्रममा उनीहरूले सरकार पक्षको दाबी बमोजिम प्रतिवादीहरूलाई कारबाही हुनुपर्ने माग छ। प्रतिवादी पक्षका कानुन व्यवसायीले उठाएका विषयको खण्डन उनीहरूले गरेका छन्।

प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि मुद्दा फैसलातिर अघि बढेको जानकारी श्रेस्तेदार राणाले दिए। सम्भवत सोमबार अदालतको फैसला आउनसक्ने उहाँको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu