Connect with us
Kapilvast Forest

बाणगंगा २ का सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं। २ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । यही गत साउन १ गतेपछी वडाभित्र भएका सुत्केरीलाई वडाले पौष्ट्रिक आहार प्रदान गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा २० जना बढी सुत्केरी महिलालाई पौष्ट्रिक आहार स्वरुप एउटा लोकल भाले र १ के।जी। घिउ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा नं।२ का वडाध्यक्ष विष्णु पौडेलले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी पौष्ट्रिक आहार आवश्यक पर्ने भएकाले वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताउनुभयो ।

वडाध्यक्ष पौडेलले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाका सम्पुर्ण वडावासीले स्वस्थ्यपूर्ण जीवन यापन गर्न पाउनुपर्ने अधिकारलाई वडाले सधै उच्च प्राथमिकता दिएको वडा नंं।२ का वडा सचिव नरेन्द्र पोखरेलले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu