चाडवाडको बेला आपराधिक क्रियाकलाप बढ्दै
काठमाडौं – कोरोना महामारीले सुनसान बनेका राजधानीका मूख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, नयाँ सडकलगायतका स्थानमा दशैंको किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ । सामान्य मरमसलादेखि लत्ता कपडा र गरगहना किन्नेहरुको भीड मनग्गे देख्न सकिन्छ ।
भिडभाडमा मौकाको फाइदा उठाउदै चोरी गर्ने, पकेट मार्ने र महिला हिंसा गर्ने समूहहरु पनि सक्रिय भएको पाइएको छ । यसै पनि चाडवाडको बेला सक्रिय हुने यस्ता आपराधिक समूहहरुबाट सतर्क रहनु पर्नेमा प्रहरीले जोड दिएको छ । बढी भीडभाड हुने क्षेत्रमा आपराधिक कृयाकलप नियन्त्रणका लागि पर्याप्त मात्रामा सादा पोसाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख अशोक सिह बताउनु हुन्छ ।
कोरोना संक्रमणको खतरा पनि कायमै रहेकाले आपराधिक क्रियाकलाप नियन्त्रणका साथै बजारमा निस्कनेहरुलाई स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा पनि प्रहरी सचेत रहेको काठमाडौ प्रहरी प्रमुख सिह बताउँनुहुन्छ । बर्षमा एक पटक आउने पर्व मनाउने उत्साहसंगै सर्वसाधारणले बजारमा निस्कँदा आपराधिक गिरोहको फन्दा र कोरोना संक्रमणबाट जोगिनेतर्फ पनि सचेत रहनु जरुरी छ ।