Connect with us
Kapilvast Forest

दशैँ मनाउन घर हिँडेका यात्रुसँग मनपरी भाडा

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

 

सिन्धुलीमाढी- यो वर्षको दशैँको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानले दशैँ मनाउन राजधानीबाट घर हिडेका यात्रुसँग मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाउन थालेका छन् ।
राजधानी काठमाण्डौबाट सिन्धुली हुँदै पूर्वी नेपालको तराई हिँडेका यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुलेको उनीहरुको गुनासो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार १६० किलोमिटर लामो बीपी राजमार्गमा अहिले कायम भएको सिन्धुली–काठमाण्डौ सम्मको नयाँ भाडा दर प्रति यात्रु ६१९ रुपियाँ रहेको छ ।
दशैँ मनाउन शुक्रबार मात्रै राजधानीबाट घर आउनु भएका कमलामाई नगरपालिका–४ निवासी बिष्णु थोकर आफूले पनि एक हजार रुपियाँ भाडा तिरेर आएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘यस अघि काठमाण्डौ जाँदा होस् अथवा सिन्धुली आउँदा होस् । सात सय रुपियाँ भाडा लिने गरेका थिए । अहिले त ठ्याङ्ग–ठ्याङ्ग हजार रुपियाँ ।’
काउण्टरमा टिकट काट्न जाँदा टिकट नदिने र गाडीमै भाडा दिनु भनेर खाना अथवा खाजा खाने बेलामा बीच बाटोमा एक हजार रुपियाँका दरले जबर्जस्ती असुल्ने गरेको उहाँको गुनासो छ । दशैँ तिहारका बेला यातायात व्यवसायीले मनपरी भडा लिएर ब्रम्हलुट नै मच्चाउन थालेको यात्रुहरुको गुनासो छ । उनीहरुका अनुसार व्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् ।
यातायात व्यवसायीको मनपरितन्त्रले गर्दा सर्वसाधारण व्यक्ति मारमा परेको बीपी राजमार्ग हँुदै दशैँ मनाउन घर हिँड्नु भएका झापा जिल्ला दमक निवासी प्रमेबहादुर मगर बताउनुहुन्छ । उहाँले गाडीवालालाई दशैँ तिहार यात्रु लुट्ने सिजन जस्तै भएको पनि सुनाउनुभयो । घर फर्किर्ने टिकट दुई दिनसम्म नपाएपछि काउन्टर बाहिर नै गाडीसँग कन्ट्याक्ट गरेर आउँदा आफू भाडामा ठगिएको उहाँको गुनासो छ ।

यो वर्ष घटस्थापनाको दिनदेखि नै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनको चाप बढ्दै गएको छ । छड्के चेकिङ्ग गरेर बढी भाडा असुलेको, नअसुलेको बुझ्ने गरेको र त्यस्तो पाइएमा कारवाही गरेर छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘हामीले नेपालथोकदेखि नै चेकिङ्गमा कडाइ गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर क्षेत्रीले भनुभयो, ‘दैनिक चेकिङ्ग गरेर बढी भाडा असुल्नेको फिर्ता गराएर कारवाही गरेका छौं ।’
यात्रुलाई सहज यात्रा बनाउन चेकजाँचमा कडाई गरेको जानकारी दिँदै उहाँले बीपी राजमार्ग अन्तर्गत नै शनिबार मुलकोटमा अस्थायी रिफ्रेस सेन्टर स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त रिफ्रेस सेन्टरमा स्वास्थ्यकर्मीको व्यवस्था गरेर चालकको प्रेसर जाँच गर्ने र सडकको अवस्थाबारे सम्झाएर पठाउने गरिएको छ । शनिबार विहान सात बजेदेखि १० बजेसम्म मात्रै ३८३ जना चालकको प्रेसर चेक गर्दा ४७ जनाको असामान्य पाइयो । उनीहरुलाई १५ मिनेट जति फ्रेस हुन राखेर गन्तव्यमा पठाएका छौं ।’
कार्यालयका अनुसार बीपी राजमार्गमा शनिबार दुई पाङग्रे र चार पाङग्रे सवारी साधन ५० प्रतिशतले र अरु ठूला भाडाका सवारी साधन ३० प्रतिशतले बढेको छ । अघिपछिको सामान्य अवस्थामा समेत बीपी राजमार्गमा दैनिक चार हजारसम्म यातायातका साधन सञ्चालन हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu