शिवराजमा १०२ जनाकाे निशुल्क स्वास्थ्य परिक्षण
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा ७८ जना बालबालिका र २४ जना आमाहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । हेल्पिङ हेन्डस फर रिलिफ एण्ड डेभलपमेन्ट काठमान्डौ को आर्थिक सहयोग, रिलिफ अर्गनाईजेसन कृष्णनगर काे आयाेजना तथा चन्द्रौटा हस्पिटल प्रा.लि चन्द्रौटाको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको हो ।
गरिव एवं आफ्ना अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षा र स्वास्थयमा पहुच बिकास गर्ने काम गर्दै आईरहेको रिलिफ अर्गनाईजेसन कृष्णनगरका उपाध्यक्ष ताहिर माहमुदले बताउनु भयाे ।
संस्थाले शिवराज नगरपालिका भित्रका सरकारी स्कुल र मद्रसाका बालबालिका र आमाहरू गरि १०२ जना निशुल्क स्वास्थ्य परिक्षण गरि प्राथामिक स्वास्थ्य सामाग्री रहेको मेडिकल किट र स्टेशनरीका सामान वितरण गरिएको कार्यक्रम संयोजक जिव पोख्रेलले जानकारी दिनु भएको छ । चन्द्रौटा हस्पिटल प्रा.लि मा विगत तिन वर्ष देखी लगातार यस क्षेत्रका बासिन्दाहरूकाे निशुल्क स्वास्थ्य परिक्षण गर्ने गरिएको संचालक पदम सुनारले बताउनु भयो ।